२०८१ कार्तिक २९ गते बिहिवार

तुलसीपुर मेलामा आज चर्चित गायिका एलिना चौहान आउने


तुलसीपुर, १ कार्तिक ।
तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने भएको छ ।

शुक्रबारदेखि जारी कार्यक्रममा मंगलबार आज गायिक चौहानसहित चर्चित गायक कृश क्षेत्री, लोक गायिका अनु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारको पनि पस्तुती रहने भएको छ ।

असोज २८ गतेदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । बुधबार भोलि पनि चर्चित गायिक प्रिती आले आउने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ भने लोक नृत्य तथा दोहोरीको अडिसन पनि चलिरहेको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको कार्यक्रम कातिक ११ गते सम्म संचालन हुनेछ । कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ ।

‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन भएको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता भइरहेको आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।

मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहेको छ । नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्रतियोगिताको लागि पहिलो चरणमा असोज २९ गतेदेखि कातिक ३ गतेसम्म अडिसन(छनौट) प्रतियोगिता हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ । मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस