
दाङ, ३१ असोज ।
निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण कात्तिक ५ गतेभित्र नबुझाए समानुपातिक बन्दसूचीबाट नाम हटाउने निणर्य गरेको छ ।
आयोगको आज आइतवार बसेको बैठकले पालिका चुनावको खर्च विवरण नबुझाएका समानुपातिक उमेदवारले कात्तिक ५ गतेभित्रमा विवरण नबुझाएमा सूचीबाट नाम हटाउने निणर्य गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
यस्तै आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उमेदवारीका लागि उम्मेदवार बन्न रोक्ने किसिमको बहालवाला पदबाट असोज २३ गतेअघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।
आज बसेको आयोगको बैठकले प्रत्यक्षतर्फको उमेदवारी मनोनयको दिन असोज २३ गतेअघि दिएको राजीनामा त्यही दिनबाटै लागू गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार