२०८१ जेष्ठ ९ गते बुधवार

दाङमा पानीमा डुबेर एक जनाको मृत्यु


तुलसीपुर, २४ असोज ।
दाङमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका -१ बयालेकोटका ४४ बर्षका नुमप्रसाद भण्डारीको तुलसीपुरको हात्तिखौवा नजिकै खाल्डोमा डुबेर मृत्यु भएको हो ।

भण्डारीलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेका कारण खाल्डोमा परेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस