२०८१ जेष्ठ ५ गते शनिवार

निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन दर्ता गर्ने


दाङ, २३ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने भएको छन् ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् ।

आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेस नामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूणर् व्यवस्था मिलाइ सकेको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूणर् राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूणर् राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस