२०८१ बैशाख ९ गते आइतवार

वेपत्ता तीन जनाको शब फेला


प्युठान, २२ असोज ।
प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको छ । माण्डवी गाउँपालिका-४ फरन्डीमा शुक्रवार बमबहादुर राहुँमगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका मध्ये माण्डवी गाउँपालिका १ का ५५ वर्षका ठमी बुढा मगर, दशैं मनाउन मामा घरमा आएकी १८ वर्षका मौसमी थापा मगर र २१ वर्षका केकी राहुँमगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

बेपत्ता भएका मध्ये ४ बर्षका सुशान राहुँमगर, ६० बर्षिय हिराबहादुर थापा र ६० बर्षकै बोमबहादुर राहुँमगरको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

अहिले पनि लेदो सहितको माटो झर्ने क्रम जारी रहेकाले उनिहरुको खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रनिधि लगायतको टोली खटिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस