
देउखुरी, २१ असोज ।
तीन दिनदेखि लगातार परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही अमीलिया सडक अवरुद्ध भएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ च्याउखोला भन्ने स्थानमा पहिरो निरन्तर खसिरहेकाले बाटो अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ कपिलवस्तु दाङका प्रमुख अरविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको उहाँले बताउनुभयो ।
पहिरो सडकमा थुप्रिएकाले हटाउन समस्या भएको छ । राजमार्ग अवरुद्ध हुदा दर्जनभन्दा बढि सवारीसाधन अलपत्र अवस्थामा छन् ।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार