२०८१ मङ्सिर २३ गते आइतवार

संविधान दिवसमा दाङबाट २७ जना कैदीबन्दीको कैद मिनाह

दाङ, ३ असोज ।
संविधान दिवसको अवसरमा दाङबाट २७ जना कैदीको कैद मिनाह भएको छ । घोराही कारागारबाट १० जना र तुलसीपुर कारागारबाट १७ जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो ।

कैद मिना हुनेमा दुई महिला र २५ जना पुरुष रहेको घोराही कारागारका जेलर बासुदेव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।

कैद मिनाह हुनेमा सबैभन्दा बढी कतव्र्य ज्यान मुद्धाका रहेका छन् । आम माफीसहित १५ जना कतव्र्यज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको घोराही कारागारका जेलर खनालले जानकारी दिनुभयो ।

सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दाङका २७ सहित देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद माफी गर्नुभएको हो । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस