दाङ, १ असोज ।
दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा आएका छन् । सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । दाङसहित ४१ जिल्लाका ४४ बिक्रि केन्द्रबाट ठाउँमा सहुलियत पसल संचालनमा आएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार दाङको घोराही र तुलसीपुरबाट सहुलियत पसल संचालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दाङका प्रमुख तिलक सुनारले सहुलियत पसलमा चामल स्टीम जिरा, सोना मनसुली, बासमति चामल, खसीबोका खरिदबिक्रि गरिने बताउनुभयो ।
दाङ शाखाले यसवर्ष दशैँतिहारका लागि ७ सय वटा खसीबोका खरिदबिक्रि गर्ने छ । सहुलियतमा सामान लिनको लागि नेपाल सरकारबाट मान्यता प्राप्त नागरिकता वा लासेन्सको प्रतिलिपी वा अन्य सरकारी कागजात हुनुपर्ने छ । खाद्यको दाङ शाखाले कणर्ाली प्रदेशमा पनि सहुलियतमा चामल बिक्रि गर्दै आएको छ ।