२०८२ बैशाख १७ गते बुधवार

दाङमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी


दाङ, २७ भदौ ।
दाङमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका एकै घरका पाँच जना विषालु च्याउको सेवनका कारण बिरामी परेका हुन् ।

घरनजिकै परालमा उमे्रेको विषालु च्याउ खाँदा ५५ वर्षका मागे चौधरी, उहाँको छोरा ३४ वर्षिय बिनोद चौधरी, बुहारी ३३ वर्षिय बसन्ता चौधरी , नातीनी १६ वर्षिय कोपिला चौधरी र १२ वर्षिय नाती प्रभात चौधरी बिरामी परेका हुन् ।

गएराती १० बजेतिर च्याउ खाँदा अचानक बिरामी परेका पाँचै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि आज बिहानै नेपालगन्ज रिफर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस