२०८१ जेष्ठ ८ गते मङ्गलवार

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएपछि नेपाली भान्छा थप महंगो

दाङ, २५ भदौ ।
भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगाउने निणर्य गरेसँगै नेपालको भान्छा थप महङ्गो हुने देखिएको छ ।

चिनी र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले आन्तरिक खाद्य सुरक्षालाई ध्यानमा राखेर चामल निर्यातमा पनि कर लगाएको बताएको छ । यसले गर्दा अब नेपालमा चामलको मूल्य बढ्ने देखिएको छ । नेपालमा बार्षिक रूपमा करिब ३२ लाख मेट्रिक टन चामलको माग रहेको छ ।

तर, आन्तरिक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको छ । जसको परि पुर्तिका लागि भारतबाट मात्रै बार्षिक ५ अर्ब भन्दा बढिको चामल आयात हुने गरेको छ । नेपालले गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ अर्ब ७ करोड ३५ लाख ३४ हजार रूपैयाँ बराबरको ६७ हजार ८ सय ४ मेट्रिक टन चामल आयात गरेको थियो ।

चालु आर्थिक बर्षको साउनमा मात्रै भारतबाट नेपालले २७ करोड ९४ लाख १७ हजार रुपैँया बराबरको ३ हजार ६ सय ३७ मेट्रिक टन चामल आयात गरेको छ । यसमा २० प्रतिशत कर जोडिनासाथ नेपालमा चामलको मुल्य बढ्ने छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस