२०८१ असार ३० गते आइतवार

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दाङमा कांग्रेसबाट १४ जनाको नाम सिफारिस


दाङ, १९ भदौ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि पत्यक्षतर्फ दाङमा कांग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रबाट १४ जनाको नाम सिफारिस भएको हो ।

प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ ४/४ जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदिप चौधरी र अनुराग खड्काको नाम क्षेत्रिय समितिले सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राजु खनाल घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर ३ बाट दिपक गिरी, कमानसिं डाँगी, यमप्रसाद पाण्डे, बिजुल विश्वकर्मा, मदन रसिव र राजेन्द्र धितालको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस