२०८१ चैत्र ६ गते बुधवार

चट्याङ अपडेट :घाईतेलाई डाेकाेमा अस्पताल लगिदै



दाङ, १५ भदौ । 
दाङमा मंगलवार राति चट्याङ लागेर निधन भएका दुई जना र घाइते सबैको पहिचान खुलेको छ । 
तीजकै दिन राती नाचगान गरिरहेको समयमा चट्याङ लागेर दुई युवतिको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका १२ गुरौं गाउँमा मंगलबार बेलुकी तीजको दिन राती चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । 

तीजको बेला महिलाहरू घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँका स्थानिय कुलविर बुढाको घरमा भेला भएर नाचगान गर्ने बेला  चट्याङ परेको डीएसपी गौतमले बताउनुभयो । चट्याङबाट सोहि ठाउँका १६ वर्षिय दिपा घर्ती र १९ वर्षिय मनिषा शाहको घटनास्थमै मृत्यु भएको हो ।

त्यस्तै चार जना मध्यम घाइते भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । मध्यम घाइते हुनेमा सोहि ठाँउका १५ वर्षिय निरुता शाह, जयन्ति घर्ति, १६ वर्षिय यामुसरी थापा,३८ वर्षिय यम कुमारी मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताउनुभयो । 

त्यस्तै सामान्य घाइतेहुनेमा घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँका ४ वर्षीय जेनिशा शाह, १४ वर्षीय अन्जना घर्ती,१५ वर्षीय साबित्रा वली,३८ वर्षीय बेलकुमारी घर्ती र ४२ वर्षीय मनकुमारी वली रेहेको डिएसपी गौतमले बताउनुभयो ।

गुरौं गाँउ हापुर बाट पैदल हिडेर जान ४ घण्टा समय लाग्ने गर्दछ । घाईते सबै लाई उपचारको लागी डोकोमा बोकेर ल्याइएको  डीएसपी गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस