२०८१ असोज ४ गते शुक्रवार

सल्यानमा एउटै विद्यालयका सयभन्दा बढी विद्यार्थी बिरामी


सल्यान, ८ भाद्र ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-१२, निगालचुलास्थित सिद्धेश्वरी माविका सयभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थीलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्नेलगायतका लक्षण देखिए पनि विद्यालय बन्द गरिएको छैन ।

बिरामीमध्ये धेरैमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको छ । विद्यालय आएका विद्यार्थी दैनिकजसो बिरामी पर्न थालेपछि समस्या भएको प्रधानाध्यापक थमनबहादुर केसीले बताउनुभयो । एक जना शिक्षकलाई कोरोना देखिएको समेत उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलसहितको टोली स्वास्थ्य परीक्षणका लागि आइपुगेको प्रधानाध्यापक केसीले बताउनुभयो । विद्यालयमा बिरामी परेका अभिभावकलाई समेत परीक्षणका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस