२०८१ मङ्सिर २२ गते शनिवार

तुलसीपुरमा चार दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु


दाङ, ४ भदौ ।
तुलसीपुरमा चार दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । ग्रिन फाउन्डेसन दाङको सहयोग तथा रेडियो प्रकृती एफएमले आयोजनामा तालिमको आयोजना गरेको छ ।

तालिमको उद्घाटन गर्दै ग्रिन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेले आर्थिक , सामाजिक र साँस्कृतिक विकासका लागि पत्रकारको कलम चल्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता पेशा सम्मानित पेशा भएकाले निर्धक्क साथ कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो ।

ग्रिन फाउन्डेसन दाङका सचिव सुरेश रावतको अध्यक्षता तथा फाउन्डेसनका अध्यक्ष पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी लगाएतले चार दिने तालिम पत्रकारिताको जग शुरुवात हुने बताउनुभयो ।

रेडियो प्रकृतिका सञ्चालन सञ्चालक समिती सदस्य संगित बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियोका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नुभएको हो ।

तालिमको मुख्य प्रशिक्षकमा डिसी, संगित बस्याल र जेएन सागर रहनुभएको छ । भने तालिममा करिब ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस