२०८१ कार्तिक २२ गते बिहिवार

राज्यकै विभेदकारी नीतिले नागरिकता नपाएको मधेशी समुदायको गुनासो


तुलसीपुर, २१ साउन ।
राज्यको विभेदकारी नीतिका कारण नागरिकता पाउनबाट बन्चित हुनुुपरेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

तुलसीपुर मधेशी समाज सेवा संघको १४ औं साधारण सभा तथा सातौँ अधिवेशनको अवसरमा तुलसीपुरमा सहभागीहरुले राज्यले मधेशी समुदायलाई विभेद गर्ने गरेको बताएका हुन् ।

राज्यको विभेदकारी नितिका कारण नागरिकता पाउन नसकेको सहभागीको गुनासो छ । अहिलेको मुख्य समस्या नागरिकता भएको, नागरिकता नपाउदा सबै खाले अधिकारबाट बञ्चित हुनुपरेको उनीहरुले गुनासो गरेका हुन ।

उनीहरूले मधेशीका अधिकार कार्यान्वयनको सवालमा जनप्रतिनिधि तथा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । चुनावमा भोट लिने तर समस्यालाई सम्बोधन नगरेको उनिहरुको गुनासो छ ।

संघका अध्यक्ष दिपेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा तुलसीपुर उपामहानगर पालिकाका इन्जिनियर दिनेश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमाले प्रदेश कमिटीका सदस्य गोपाल प्यारे चण्डेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरे, संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार गुप्ता, पूर्व वडा सदस्य नागर वैश्य, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार गुप्ता, राजेश गुप्ता, जेष्ठ नागरिक सावित्रा देवी गुप्ता राजकुमारी गुप्ता, राजाराम गुप्ता लगायतले मधेसी समुदायमा भित्र भएको दाइजो प्रथा, घरेलु हिंसा जस्ता विकृतिहरुलाई निर्मूल पार्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन रिजु कुमारी गुप्ताले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस