२०८० फाल्गुन २१ गते सोमवार

प्रेम विवश घर्तीको ‘नास सारी सरक्क’ सार्वजनिक (भिडियोसहित)


दाङ –
लोक गायक तथा संचारकर्मी प्रेमविवश घर्तीको तीजको गित ‘नास सारी सरक्क’ आइतबार युट्युबमार्फत सार्वजनिक भएको छ ।

दिपक कुमालको शब्दमा रहेको ‘नास सारी सरक्क’ मा गायक घर्ती स्वयंले संगित र आवाज दिनुभएको छ । टिका पुन र स्वयं गायक घर्तीको आवाजमा सजिएको तीजको गित बजारमा सार्वजनिक भएको हो ।

शिव विकको निर्देशनमा तयारी पारिएको गितको म्युजिक भिडियोमा गायक स्वयं घर्ती, समिता बुढा, अर्जुन सिलवाल र स्थर सुनामले अभिनय गर्नुभएको छ ।

गीतमा गाउँ घरमा बोल्दा प्रयोग गरिने ठेट भाषा प्रयोग गरिएको छ । गीत सबैलाई नचाउने खालको साथै नारीप्रति सधैं सम्मान हुनुपर्छ भन्ने संदेशमुलक रहेको गायक घर्तीले बताउनुभयो ।

मारुनी रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको गितको म्युजिक भिडियो शिब फिल्मस् युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । युट्युवमार्फत गित सार्वजनिक भएपछि ‘नास सारी सरक्क’ मा धेरैले टिकटक बनाएका छन् ।

२०६२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर विभिन्न लोक तथा दोहोरो गीत रेकर्ड गर्दै आएका घर्तीले २०७१ साल देखि निरन्तर तीज गीत बजारमा ल्याइरहनुभएको छ । उहाँका प्राय सबै गितहरु चर्चित छन् । भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस