२०८१ माघ ६ गते आइतवार

करिश्मा ढकालको फरियामा अल्झेर एमटी महरको घडि फुटेपछि…(भिडियोसहित)


दाङ-
करिश्मा ढकालको फरियामा अल्झेर एमटी महरको घडि फुटेको छ । ढकालसंगै नाच्न लागेका लोक गायक तथा मोडेल महरको घडि फुटेको हो ।

तर घडि फुटेपनि आफुलाई कुनै दुख नलागेको लोक गायक महरले बताउनुभयो । ‘घडि वास्तविकरुपमा फुटेको होइन् ।’ उहाँले भन्नुभयो-‘तीजको गित ‘निलो फरिया’ बोलको गितमा समेटिएको कथावस्तु हो यो ।’ गितमा मोडेल ढकालको चुरा फुटेको कथा पनि समेटिएको छ ।

लोक गायक महर र रचना रिमालको आवाजमा सजिएको ‘निलो फरिया’ बोलको गितमा फरिया गतसातामात्रै युट्युबमार्फत सार्वजनिक भएको हो । नारायण बिपी परियारको शब्द र गायक महरले नै संगीत दिएको गीतको संगीत संयोजन सुनिल परियारले गर्नुभएको छ ।

तिलक ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र एमटी महरको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र राजकुमार मगरको भिडियो सम्पादन रहेको गीत गायक महरको अफिसियल युटुबबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस