२०८१ कार्तिक २० गते मङ्गलवार

साहित्य सौजन्य मालाको २५० औ श्रृंखलामा दुई दर्जन बढी रचना वाचन


तुलसीपुर, ७ साउन
साहित्य सौजन्य मालाको २५० औ श्रृंखला कार्यक्रम शनिबार तुलसीपुरमा गरिएको छ । साहित्यकार डिल्लिराज श्रीधरको अध्यक्षतामा कार्यक्र भएको हो ।

कार्यक्रममा साहित्यकार गणेश विषम, श्रीधर शर्मा, नबराज रजौरे, बलदेव रजौरे, भिम लाल मरासिनीले कविता, गजल, मुक्तक लगायतका रचना वाचन गर्नुभएको छ ।

यस्तै डिल्लीराज श्रीधर, भुवनेश्वर आचार्य, जानका रेग्मी, खुमानन्द अधिकारी अमृता शर्मा, देबि गौतम, सुन्दर चौधरी, छबिकिरण वली लगायतका दुई दर्जन बढीले आ-आफ्नो रचना वाचन गर्नुभएको हो ।

रचनाको माध्यमबाट साहित्यकारहरुले वर्तमान अवस्थाको राजनैतिक, सामाजिक आर्थिक विकृतिमाथि व्यंग्य गरेका छन् । वाचित रचनाको समिक्षा साहित्यकार भिम लाल मरासिनिले गर्नु भएको हो ।

यसैबिच सौजन्य मालाको २५१ औँ श्रृंखला खुमानन्द अधिकारीको संयोजकत्वमा राजापुर मा भदौ ४ गते गर्ने निणर्य समेत गरिएको छ । बैठकले सौजन्य मालाको स्मारिकाको सातौँ अंक प्रकाशन गर्ने निणर्य गरेको छ । यस्तै डिल्लीराज श्रीधर संयोजक रहेको सम्पादक मण्डल पनि गठन गरिएको छ ।

सम्पादक मण्डलमा श्रीधर शर्मा, नबराज रजौरे, जानका रेग्मी, सुन्दर चौधरी रहनुभएको छ । यस्तै गणेश विषम, खुमानन्द अधिकारी र भुवनेश्वर आचार्यलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यसैगरी आर्थिक समिती पनि गठन गरिएको छ । नबराज रजौरे, बलदेब रजौरे र जानका आचार्य रहेको आर्थिक समिति गठन गरिएको हो । स्मारिकको लागि आगामी भदौ ४ गतेसम्म आ-आफ्नो रचना पठाउन पनि सर्जजकलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस