२०८१ मङ्सिर २२ गते शनिवार

लुम्बिनी प्रदेशमा अघिल्ला वर्षको तुलनामा बजेट खर्च कम


दाङ, २ साउन ।
लुम्बिनी प्रदेशमा अघिल्ला वर्षको तुलनामा यो आर्थिक बर्ष बजेट खर्च कम भएको छ ।

जनशक्ति र बजेट खर्च गर्ने संयन्त्र व्यवस्थित बन्दै गए पनि बजेटको खर्चदर भने गतवर्ष भन्दा कम भएको हो ।

४२ अर्ब ९४ करोड ११ लाख बजेटमा जम्मा ७१ दशमलवम १४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यलय बुटवलका अनुसार सबैभन्दा कम बजेट कार्यान्वयन गर्नेमा कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको छ ।

त्यस्तै ५४ करोड ८२ लाख २७ हजार बजेट छुट्याईएको प्रदेश लोक सेवा आयोगले सबैभन्दा बढि ९० दशमलव २४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोभिड महामारी बीचमै पनि कुल बजेटको ८१ दशमलव ९९ प्रतिशत बजेट कार्यान्वयन भएको थियो ।

त्यस्तै अर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको बजेट कार्यान्वयन ८८ दशमलव ७६ प्रतिशत थियो । -इमेज खबरबाट

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस