२०८१ जेष्ठ ५ गते शनिवार

नयाँ आर्थिक वर्ष आजदेखि सुरु


दाङ, १ साउन ।
नयाँ आर्थिक बर्ष २०७९/८० आजदेखि सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड बिनियोजन गरेको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ ।

त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

चालु आर्थिक वर्षमा राप्ती राजमार्ग अन्र्तगतको अमिलिया-तुलसीपुर-सल्यान लगायतको सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ ।

आर्थिक बर्षक २०७९/८० को बजेटमा दाङको तुलसीपुरमा रहेको दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने उल्लेख छ यस्तै माडीको पानी दाङमा ल्याएर सिंचाई गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस