२०८० फाल्गुन २१ गते सोमवार

श्रीमान वैदेशिक रोजगारीमा, घरमा श्रीमती वेपत्ता


दाङ, ३० असार ।
तुलसीपुरका एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । तुलसीपुर-८ कृष्णमन्दीर निवासी २५ वर्षिय कल्पना कडेँल कार्की धादिङको मलेखु माइतीघरबाट घर तुुलसीपुर फर्कने क्रममा बेपत्ता हुनुभएको हो ।

चार दिन अघि घरयासी कामका लागि माइतमा पुगेकी कल्पना गत मंगलबार असार २८ मा धादिङको मलेखुमा रहेको माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कबिहिन भएको आफन्त दाई शेरबहादुर पठाइले जानकारी दिनुभयो ।

कल्पनाका श्रीमान मनबहादुर कार्की चार वर्ष अघिदेखि वैदेशिक रोजगारीमा रहनुभएको छ । घरमा सासु ससुरा संग बसिरहेकी कल्पनाले तीन वर्षको छोरालाई घरमै छोडेर माइतीमा गएको र माइतीघरबाट घर फर्कनेबेला वेपत्ता भएको परिवारले जनाएको छ ।

कल्पनाले घरबाट नागरिकताबाहेक अरु कुनै सामान नलिएको आफन्त दाई पठाइले बताउनुभयो । माइत गएकी बुहारी बेपत्ता भएपछि परिवारले खोजिका लागि प्रहरीलाई बिहिबार बिहान निवेदन दिएको उहाँले बताउनुभयो । मोबाईल पनि माइतीमै छोडेर सम्पर्कबिहिन भएकोले खोजी गर्न समस्या भएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस