दाङ, २५ असार ।
दाङका नौ पालिकालाई पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । दुई उपमहानगरसहित जिल्लाका ९ वटा पालिका पूणर् खोप सुनिश्चित पालिका बनेका हुन् ।
जिल्लाको बबई गाउँपालिका बाहेक अरु सबै पालिका पूणर् खोप सुनिश्चित पालिका घोषणा भईसकेका छन् । राप्ती गाउँपालिकाबाट थालनी गरिएको यो अभियान अब नौ पालिकासम्म पुगेको हो ।
आईतबार (भोलि) बबई गाउँपालिकालाई पनि पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेसँगै दाङ जिल्लालाई नै पूणर् खोप सुनिश्चित जिल्ला घोषणा गरिने छ ।
१४ प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ । पालिकाभित्रका सम्पूणर् बालबालिकालाई खोप लगाइ सकेपछि पूणर् खोप सुनिश्चितता घोषणा गरिन्छ ।
प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार