२०८३ असोज ४ गते आइतवार

साना किसान कृषि सहकारीको २९ औँ वार्षिक साधारणसभा : १५ करोडभन्दा बढी ऋण लगानी

कपुरकोट, ३ असाेज । सल्यानकाे कपुरकाेटमा रहेकाे साना किसान कृषि सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डम्बरबहादुर यरिको अध्यक्षता एवं कपुरकाेट गाउँपालिका कृषि शाखाका प्रमुख हेमन्त पुरीको प्रमुख आतिथ्यता तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्काको विशिष्ट आतिथ्यताामा कार्यक्रम भएको हाे ।

​साधारणसभामा संस्थाका अध्यक्ष डम्बरबहादुर यरिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यालय प्रमुख एवं वरिष्ठ प्रबन्धक तीर्थराज शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

​कार्यक्रममा स्वागत मन्तव्य मणिराम रानाले राख्नुभएको थियो। सभामा समूहको तर्फबाट बालाराम बाठा र अन्तर समूहको तर्फबाट रत्नलाल वलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष डण्डबहादुर सेनलाई कदरपत्र र दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ ।

​वरिष्ठ प्रबन्धक तीर्थराज शर्माका अनुसार संस्थाले २०८३ असार मसान्तसम्म हासिल गरेको मुख्य प्रगति विवरण सार्वजनिक गर्नुभएको हाे ।

संस्थाको वित्तीय तथा भौतिक प्रगति विवरण (२०८३ असारसम्म) :

विवरणतथ्याङ्क / रकम
कुल समूह संख्या३३६ वटा
कुल सदस्य संख्या१,२९५ जना
ऋणी सदस्य संख्या५०२ जना
ऋण लगानीरु. १५ करोड १९ लाख
कुल निक्षेप (बचत)रु. ६ करोड २५ लाख
शेयर पुँजीरु. १ करोड ९८ लाख
जगेडा कोषरु. १ करोड ५५ लाख
जोखिम कोषरु. ७१ लाख
खुद नाफारु. २४ लाख २९ हजार

संस्थाले आगामी दिनमा आफ्ना सदस्यहरूलाई अझ सहज र प्रभावकारी कृषि ऋण तथा सहकारी सेवा प्रदान गर्दै लैजाने नीति लिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस