दाङ, २३ भाद्र । दाङ भ्याली यातायात प्रा.लिले नवनियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर संग भेटघाट छलफल तथा ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रा.लिका अध्यक्ष महेन्द्र महरा, घोराही संयोजक बलजित दमाई र यातायात ब्यवसायी चन्द्र पाण्डे, मोक्तान चौधरी, किरण कँवर लगाएतको समुहले लुम्बिनी प्रदेशको तिन पाङ्ग्रे अटो टेम्पो संचालक यातायात ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै यातायात सञ्चालनमा देखिएका कठिनाई, नितिगत समस्या र समाधानका लागि मन्त्री र मन्त्रालयको ध्यानाकर्षण गरिएको जनाएको छ ।
यातायात ब्यवसायीहरुले बिभिन्न क्षेत्रमा देखिएका रुटका समस्या समाधान गरिदिन मन्त्रीलाई आग्रह गरेका छन् ।
यस्तै कोशी प्रदेशमा लागु भएको तिन पाङ्ग्रेका हकमा लाईसेन्सको प्रयोगातमक परिक्षा दिनु पुर्व लिखित परिक्षा दिनु नपर्ने ब्यवस्था लुम्बिनीमा पनि लागु गरिनुपर्ने , तिन पाङ्ग्रे सवारी साधनलाई जिल्ला स्तरिय बाटो ईजाजत पत्र जारी गरिनुपर्ने र भौगोलिक अवस्थालाई मध्यनजर पटके पर्मिटको ब्यवस्था गरिनुपर्ने, बैकल्पिक सडकहरुको भरपर्दो पहुच र उपल्ब्धता नभएका क्षेत्रमा बाटो ईजाजत पत्र (रुट पर्मिट)मा राजमार्ग बाहेक र मुल सडक भन्ने शब्द हटाई तिन पाङ्ग्रे सवारी साधनलाई राजमार्गमा सञ्चालनको रोक लगाउन नहुने गरी कानुन परिमार्जित गरिनुपर्ने, दोहोरो करको मारमा यातायात ब्यवसायी नपर्ने गरी स्थानिय तहहरु संग सम्वन्य सहकार्य गरिनुपर्ने र अन्य केही प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा करको दर समेत उच्च भएकाले त्यसलाई समायोजन गरी करको दरलाई घटाउनुपर्ने लगाएतका यातायात ब्यवसायीहरुले माग राखेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अहिरले यातायात ब्यवसायीका समस्या आफुले कानुन सम्वत समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफुले भर्खरै मन्त्रालयको जिम्मेवारी समालेको जानकारी गराउदै आफु ब्यवसायीका पक्षमा रहेको उहाँले बताउनुभयो ।
दाङ भ्याली यातायात प्रालिका पदाधिकारी र यातायात ब्यवसायीहरुले नवनियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरलाई बधाई तथा शुभकामना समेत ब्यक्त गरेका थिए ।


