२०८३ भाद्र ८ गते सोमवार

कपुरकोटमा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मार्कामा


​सल्यान, ९ भदौ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको कपुरकोटमा खाना पकाउने एलपीजी ग्यासको तीव्र अभाव भएको छ।


​राप्ती ग्यास उद्योगको एकमात्र बिक्री डिलर रहेको कपुरकोट बजारमा माग अनुसार ग्यास उपलब्ध हुन नसक्दा स्थानीय उपभोक्ताहरू मारमा परेका छन्।


ग्यास आपूर्ति सहज नहुँदा दैनिक छाक टार्नै धौ-धौ परेको उपभोक्ताहरूको गुनासो छ।


​यसैबीच, बजारमा ग्यास अभाव हुने हल्ला फैलिएसँगै केही व्यक्तिहरूले आवश्यकताभन्दा बढी ग्यास अनावश्यक रूपमा सञ्चित गरेर राख्ने प्रवृत्ति बढेकाले अभाव अझ चुलिएको स्थानीय बताउँछन्।


ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन र कृत्रिम अभाव सिर्जना गरी सञ्चय गर्ने कार्यलाई रोक्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने माग उठेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस