२०८३ साउन १० गते आइतवार

लायन्स क्लबका पदाधिकारीहरूको संयुक्त पदस्थापना तथा शपथ ग्रहण


दाङ, १० साउन । दाङका विभिन्न चारवटा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको संयुक्त पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ दाङ, लायन्स क्लब अफ स्वर्गद्वारी, लायन्स क्लब अफ तुलसीपुर र लायन्स क्लब अफ दाङ क्यापिटलका पदाधिकारीहरूले एकसाथ पदस्थापना तथा पदको शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा वर्ष २०२५–२०२६ का निवर्तमान पदाधिकारीहरूले वर्ष २०२६–२०२७ का लागि नवचयन भएका पदाधिकारीहरूलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ दाङका अध्यक्ष डम्बर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ एनका गर्भनर टिकाराम चपाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चपाईं तथा अन्य वक्ताहरूले समाज रूपान्तरण र मानवीय सेवाका क्षेत्रमा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सिनियर एक्जिक्युटिभ सुरेश हमाल, बुद्धप्रकाश शर्मा, धु्रवकुमार गौतम, गोविन्दबहादुर अधिकारी, एरिया चिफ लायन भरतकुमार देवकोटा लगायतका वक्ताहरूले आगामी कार्यकालमा संस्थालाई थप सशक्त बनाउँदै प्रेरणादायी र अनुकरणीय सामाजिक कार्यहरूमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस