२०८३ साउन ५ गते मङ्गलवार

पंखा बनाउने क्रममा करेन्ट लाग्दा देउखुरीका एक जनाको मृत्यु


दाङ, ४ साउन । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय राम सेवक यादवको सोमबार करेन्ट लागेर मृत्यु भएको हो ।

स्ट्यान्ड पंखा बनाउने क्रममा उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ४ बजेर ४ मिनेटमा उहाँलाई करेन्ट लागेको हो ।

करेन्ट लागेपछि तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्‍याइएको भए पनि स्वास्थ्यकर्मीले उहाँलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस