दाङ, २० असार । बालविवाह, शिक्षा, महिला संघर्ष र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
चलचित्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक डा. कपिल रिजालले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै ‘गौँथली’ले बालविवाह, घरेलु हिंसा, महिलाको संघर्ष र शिक्षाको महत्त्वलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चलचित्रको कथा डा. भोला रिजालले लेख्नुभएको हो । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष नारायणी रजौरेले सामाजिक रूपान्तरणमा चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै यस्ता सन्देशमूलक चलचित्रले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्ने चलचित्रहरूलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो । निर्माण पक्षले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको जनाएको छ । कार्यक्रमको सहजीकरण संघका सचिव एकराज भण्डारीले गर्नुभएको हो ।