२०८३ असार १२ गते शुक्रवार

​कपुरकोट गाउँपालिकाको बजेट ४६ करोड ५१ लाख : कृषि र पूर्वाधार प्राथमिकतामा

​सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/२०८४ का लागि ४६ करोड ५१ लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिकाको १९ औं गाउँसभामा बुधबार  उपाध्यक्ष प्रकाश भण्डारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

​पालिकाले यसपटक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको छ।

स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक एवं सामाजिक विकास गर्ने उद्देश्यका साथ बजेट ल्याइएको उपाध्यक्ष भण्डारीले बताउनुभयो।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस