सल्यान, २६ वैशाख ।
सल्यानमा फेरि शनिबार आज बिहानै अर्को ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बागचौर नगरपालिका–१० भाटबिटेमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक शारदा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्याक्टरमा चालकमात्रै रहेको र दुर्घटनामा आज बिहान करिब ७ बजेतिर भएको हो ।
श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सल्यानमा शुक्रबारमात्रै दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक सोहि ठाउँका १७ वर्षीय प्रदीप विकको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार




