थवाङ (रोल्पा), १७ वैशाख ।
रोल्पाको थवाङ गाउँपालिकामा आज दिउँसो भएको जिप दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ ।
पूर्वी रुकुमबाट थवाङ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ-१ सल्यापस्थित कच्ची सडकबाट करिब ८०० मिटर तल खस्दा उक्त भयावह दुर्घटना भएको हो ।
दुर्घटनामा २० जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थवाङको टोलीले पुष्टि गरेको छ ।
मृतकहरूको पहिचान खुल्न अझै बाँकी रहेको राेल्पा प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
तस्बिर : एआई
प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार




