२०८३ कार्तिक ६ गते शुक्रवार

बंगलाचुली गाउँपालिकामा मालवाहक ठूला गाडी चलाउन रोक

दाङ, १६ कार्तिक ।
दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभित्र मालवाहक ठूला गाडी चलाउन रोक लगाएको छ । असोज तेस्रो हप्ता परेको पानीले ठाउँ-ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी चलाउन रोकेको हो ।

सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाको सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रक लगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको गाउँपालिकाले जनाएको छ ।

मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले बताउनुभयो । अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उहाँको आग्रह छ ।

बङगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गा खानी रहेको र चुनढुङ्गा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस