२०८३ मङ्सिर ४ गते शुक्रवार

टिप्पर र अटाे ठाेक्किदा एक जनाकाे मृत्युु


दाङ,२९ माघ । दाङमा अटो र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटो चालक जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


बिहीबार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो ठोक्किएका दुर्घटना भएको हो ।


दुर्घटनामा घाइते पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।
अटोमा विद्यालय जान लागेको ५ जना विद्यार्थी सवार रहेको र उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस