२०८३ भाद्र १० गते बुधवार

रोल्पामा घाँस काट्न जंगल गएका एक पुरुषको भिरबाट लडेर मृत्यु

रोल्पा, १६ मंसिर । रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका–६ धुम्काका ५७ वर्षिय भरतबहादुर घर्तीको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार बिहान घाँस काट्न जंगलमा गएको समयमा भिरबाट लडेर घर्ती गम्भिर घाइते हुनुभएको थियो । गम्भिर घाइते घर्तीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस