२०८३ असार ७ गते आइतवार

डा. पाठकको चौथो कृति सार्वजनिक, ५० जनाले गरे कविता वाचन

सल्यान, १ कार्तिक । डा. मित्र पाठक ‘काँचुली’ को चौथो कृति ‘हाँस्न बिर्सिएको मान्छे’ बिमोचन गरिएको छ । सल्यानलाई कर्मथलो बनाएर वनस्पतिक अनुसन्धानका साथै साहित्यिक यात्रालाई पनि निरन्तरता दिनुभएका नवलपुर देवचुलीका श्रष्टा डा. पाठकको चौथो कृतिको रुपमा समाजिक र समसामयिक विषयहरु समेटिएको कविता संग्रह ’हाँस्न बिर्सिएको मान्छे’ कपुरकोट गाउँपालिका–५ रिम सल्यानमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, त्रिवेणि गाउँपालिकाका अध्यक्ष , प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयास, कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी एवं सल्यानका बरिस्ठ साहित्यकार पूर्ण भन्डारी ‘पंकज’ले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

त्यस अवसरमा अवसरमा भिमसेन बिएम ७ टीमको नयाँ गीत जेन्जीको पहिलोपटक रिलिज गरिएको छ । कपुरकोट गाउँपालिकाको आयोजना, जीवन ज्योती नमूना मावि रिमको व्यवस्थापन तथा साहित्यकार एवं सामाजिक व्यक्तित्व भद्रसिंह बुढा भास्वरको संयोजन एवं अध्यक्षतामा आयोजित कार्यक्रममा सल्यानका स्थायी र सल्यानलाई कर्मथलो बनाएका झन्डै ५० जना कविले रचना वाचन गरेका थिए ।

रचना वाचन गर्ने उपस्थित सहभागिलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । डा पाठकका यो अघि दुई वटा लघुकथा संग्रह र एउटा गजल सङ्ग्रह प्रकाशित छन् । पुस्तकको प्रकाशकमा हाल अष्टेंलिया निवासी दिपक पाण्डे छन् भने पुस्तक वितरण सम्पूर्ण किताब नारायणगढले गर्नेछ ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस