सल्यान, २२ असोज ।
सल्यानको कपुरकोट गाउँपालिका–५, खाली बजारमा दोस्रो कपुरकोट कृषि, पर्यटन, व्यापार तथा बृहत् सांस्कृतिक एवम् खेलकुद महोत्सव–२०८२ सुरु भएको छ ।
महोत्सवको उद्घाटन प्रमुख अतिथि कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको हाे । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, कपुरकाेट उपाध्यक्ष प्रकाश भण्डारी, जिल्ला प्रहरी प्रमुख डा. हिमबहादुर केसी, सशस्त्र प्रहरी प्रमुख समीर गौतम, अनुसन्धान प्रमुख चन्दकमल खड्का लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता कपुरकोट खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर पुनले गर्नुभएको थियो । कार्यक्रममा कपुरकोट गाउँपालिकाका सबै ६ वटै वडा अध्यक्षहरू, जनप्रतिनिधि, कलाकार, सांस्कृतिक झाँकी, महिला समूहहरू तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
एच. आर. मिडिया हाउसद्वारा आयोजित उक्त महोत्सव आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।





