२०८३ मङ्सिर ३ गते बिहिवार

दाङमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

दाङ, १७ असोज । दाङमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–७ ओदालेका २४ वर्षीय विनोद खत्री र बबई गाउँपालिका–५ काशिपुरका ४७ वर्षीय राजेन्द्र प्रसाद डाँगी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार खत्रीको दायाँ खुट्टाको बुढिऔंला भाचिएको छ । घाइते खत्रीको सिटी अस्पताल तुलसीपुरमा र डाँगीको पुष्पा हेल्थ केयर तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज शुक्रबार दिउँसो करिब १ बजेतिर पश्चिम दाङको बागरबाट काशिपुरतर्फ जाँदै गरेको रा २ प ८१७२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प १७४४ नम्बरको मोटरसाइकल दंगीशरण गाउँपालिका–७ बाँकामा एक आपसमा ठोक्किएका हुन् ।

धन बहादुर जिसीको कमाण्डमा गएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको र अन्य विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस