अर्घाखाँची, १३ असोज । अर्घाखाँचीको सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको पुर्कोट दहका लागि छुटेको यात्रुवाहक लु १ ज ४७२३ नं. को लन्का यातायातको क्रुजर फोर्स जीप आज बिहानै सन्धिखर्क नगरपालिका–९, टारीमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । घाइतेहरुको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर भएका केहीलाई बुटवल रिफर गरिएको छ ।
दुर्घटनाग्रस्त सवारीसाधनमा २६ जना सवार रहेका थिए । हाल घटनास्थलमा थप विवरण संकलन कार्य जारी रहेको र मृतक तथा घाइतेहरुको परिचय खुलेको छैन ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार


