दाङ, ८ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडीयारमा रहेको माध्यमिक विद्यालयले स्कुल बस प्राप्त गरेको छ । विद्यालयले भारतीय राजदूतावासबाट वितरण गरिने स्कुल बस प्राप्त गरेको हो ।
दुतावासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र प्रधानाध्यापक नन्दबहादुर वलीलाई बस हस्तान्तरण गरेको हो ।
विव्यस अध्यक्ष भट्टराई, प्रअ वली र शिक्षक शेरबहादुर चौधरीले विद्यालयले बस प्राप्त गर्न आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार


