आज २०८२ साल असोज १ गते बुधबार। कन्या संक्रान्ति। आश्विन कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १७ तारिख। सोह्र श्रद्धको एकादशी श्राद्ध। इन्दिरा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
माधवा शर्मा -९८४८०६०७९९
मेष: परिस्थितिहरू सोचेजस्तो अनुकूल नहुन सक्छ। साथीभाइसँग असमझदारी हुन सक्छ। समयमै सतर्क नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सानो भूलले ठूलो प्रभाव पर्न सक्छ।
वृष: प्रयास गर्दा राम्रो अवसर हात पर्ला। साथीभाइको सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुने सम्भावना छ। व्यापारिक क्षेत्र राम्रो रहनेछ।
मिथुन: बोल्ने क्रममा असावधानीले विवाद उत्पन्न हुन सक्छ। निर्णयमा द्विविधा हुन सक्छ। काम पूरा गर्न समयमा लगानी आवश्यक छ।
कर्कट: पारिवारिक जमघट र भेटघाट हुनेछ र रमाइलो समय बित्नेछ। विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ। बौद्धिक कार्यमा प्रशंसा हुनेछ।
सिंह: खर्च बढ्ने चिन्ता छ। चिन्तित हुनुपर्ने विषयहरू आउन सक्छन्। अवसर खोज्ने क्रममा तपाईं मेहनत गर्नु पर्नेछ।
कन्या: आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। पढाइ र काममा प्रगति हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा मिल्नेछ। नयाँ काममा अघि बढ्न सकिनेछ।
तुला: मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर हुनेछ। प्रतिष्ठित काममा सफलता मिल्नेछ। सहयोगी मानिसहरू हात सघाउनेछन्।
वृश्चिक: चिताएको काम पूरा नहुन सक्छ। नयाँ काम सुरु गर्ने समय अझै थिएन होला। अस्वस्थताले कामको जिम्मेवारीमा असर पर्नेछ। धार्मिक वा परोपकारी काममा मन लाग्नेछ।
धनु: स्वास्थ्य र काममा कमजोरी महसुस हुन सक्छ। चुनौतिमय कामको सामना गर्नु पर्नेछ। खर्च बढ्न सक्छ, अर्थतन्त्रमा सतर्कता अपनाउनु उत्तम।
मकर: साथीभाइको सहयोग पाइनेछ। आम्दानी र ज्ञान बढ्नेछ। सामाजिक कार्यक्रम तथा भेटघाटले खुशी दिनेछ। प्रेम र मित्रतालाई मजबुत बनाउने समय छ।
कुम्भ: रोकिएका काम बन्न थालेका छन्। मिहिनेतले राम्रो प्रतिफल दिन सक्छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक लगानी र जोखिमको सोच-विचार आवश्यक छ।
मीन: स्वास्थ्यमा कमी महसुस हुन सक्छ। नयाँ काम सुरु गर्नेभन्दा पहिले परिस्थिति हेर्नु राम्रो। धैर्य राखेर काम अघि बढ्दा फाइदा हुन्छ। अपेक्षित नतिजा बीच-बीचमा अलग-अलग हुन सक्छ।




