दाङ, १५ भदौ । तुलसीपुरमा बेत्रावती खोलाले गाडी बगाएको छ । खाद्रेदेखी पर्सेनीतर्फ आउदै गरेको किराना सामान बोकेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान आज दिउँसो करिब सवा १ बजेको समयमा तुलसीपुर–७ स्थित बेत्रावती खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर–६ का ४६ बर्षीय राम कुमार रेग्मीले चलाएको उक्त गाडी बेत्रावती खोला तर्ने क्रममा बिचमै स्टाट बन्द भएको थियो । त्यसपछि खोलाको वहाव विस्तारै बढदै जादा उक्त गाडी बगाएर १० मिटर तल लगेको थियो ।
घटनामा कुनै मानविय क्षेती नभएको प्रहरीले जनाएको छ । गाडी करिब १ घण्टापछि जेसिभिको सहायताले निकालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार


