२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २२ तारिख। आज प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : आज आत्मविश्वास उच्च रहनेछ। अध्ययन, अनुसन्धान वा नयाँ कार्य योजनामा मन जानेछ। साथी वा नजिकका मानिससँग रमाइलो समय बित्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहन्छ। हतारमा निर्णय नगर्नुहोस्।


वृष: समाजमा प्रतिष्ठा बढ्ने समय हो। व्यापारिक गतिविधिमा लाभको संकेत छ। घरमा खुसीयाली वातावरण बन्न सक्छ। खर्च बढ्ने सम्भावना भएकाले बजेट मिलाएर अघि बढ्नुहोस्।


मिथुन : नयाँ अवसर प्राप्त हुने समय हो। नोकरी वा व्यापारमा नयाँ सम्भावना देखिन्छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ। यात्रा वा नयाँ काम सुरु गर्न अनुकूल समय हो।


कर्कट : पारिवारिक जीवनमा सानो असहमति आउन सक्छ, धैर्य राख्नुहोस्। खर्च नियन्त्रण गर्न नसक्दा मानसिक तनाव आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, खानपानमा ध्यान दिनुहोस्।


सिंह : हिम्मत र जोश बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्ने संकेत छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। तर निर्णय गर्दा अहंकार नदेखाउनुहोस्। आर्थिक पक्ष मध्यम रहनेछ।


कन्या : विगतका प्रयास सफल हुनेछन्। पैसाको आवतजावतमा सुधार देखिन्छ। स्वास्थ्यमा सानो असजिलो हुनसक्छ। परिवारमा खुसीको माहोल रहनेछ।


तुला : संबन्धमा आत्मियता बढ्नेछ। नजिकका साथी वा आफन्तसँग भेटघाट रमाइलो हुनेछ। आर्थिक हिसाबले केही चुनौती आउन सक्छ, लेनदेन गर्दा ध्यान दिनुहोस्।

वृश्चिक : काममा सफलता पाइने दिन हो। तर मानसिक तनाव आउन सक्छ। साथीभाइसँग असहमति सम्भावना छ, शब्द प्रयोगमा संयमता अपनाउनुहोस्। आर्थिक पक्ष सामान्य रहन्छ।

धनु : विद्यार्थी र ज्ञानप्रेमीका लागि राम्रो समय हो। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। व्यापारमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।


मकर : काममा दवाव रहन सक्छ तर प्रयास अनुसार सफलता पाइन्छ। पारिवारिक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य तर मानसिक थकाइ बढ्न सक्छ।


कुम्भ : चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। यात्राको योग देखिन्छ। परिवार र मित्रतर्फबाट सहयोग पाइनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।


मीन : धार्मिक कार्यतर्फ मन जानेछ। समाजमा सम्मान पाउनुहुनेछ। तर आर्थिक हिसाबले दबाब आउन सक्छ। अनावश्यक खर्च नगर्नुहोस्। आत्मविश्वास कायम राख्नुहोस्।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस