दाङ, ३१ साउन । तुलसीपुर नगर जेसिजले शनिबार कृष्ण जन्माष्टमीकाे अवसरमा हेल्थ डेस्क संचालन गरेकाे छ । तुलसीपुर नगर जेसिज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
हेल्थ डेस्कमा मन्दिरमा आउने दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । राप्ती लाइफ केयर हस्पिटल र तुलसीपुर भीमसेन मेट्राे अस्पतालकाे प्राविधिक सहयोगमा हेल्थ डेस्क संचालन गरिएको हाे ।
त्यस अवसरमा वडा अध्यक्ष ढकाल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शाेभाकर सापकोटा र तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल लगायतले हेल्थ डेस्क संचालन भएपछि मन्दिरमा आउने भक्तजनलाई सहजता हुने बताउनुभयो ।
हेमन्त बुढाथोकीको आस्थापाठबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बुद्धि सापकोटाले गर्नुभएको हाे ।


