२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन शुक्ल पक्षको अष्टमी तिथि। राष्ट्रिय कोदो दिवस। विश्व स्तनपान सप्ताह प्रारम्भ। तदनुसार सन् २०२५ अगष्ट १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -आज तपाईंमा नयाँ ऊर्जा जाग्नेछ। कार्यक्षेत्रमा सफलता र सम्मान मिल्नेछ। सामाजिक सम्बन्धहरू बलियो बन्नेछन्। तर बोल्नुअघि विचार गर्नुहोस्, अहंकार र आवेगमा नियन्त्रण आवश्यक छ।

वृष –घर परिवारमा शान्ति र आत्मीयता रहनेछ। आर्थिक मामिलामा सुधार आउनेछ। नजिकका मानिससँग सहकार्य गर्न सकिनेछ। सानातिना विवादमा धैर्यतापूर्वक व्यवहार गर्नुहोस्।

मिथुन -बौद्धिक तथा सञ्चार क्षेत्रमा राम्रो दिन छ। नयाँ विचारहरू सफल हुनेछन्। छोटो यात्रा वा भेटघाटको अवसर आउँछ। मनोबल उच्च हुनेछ।

कर्कट -धनप्राप्ति हुने योग छ। परिश्रमको राम्रो फल पाइनेछ। परिवारको सहयोगले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

सिंह -चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मविश्वास र नेतृत्व क्षमता उच्च हुनेछ। नयाँ काम आरम्भ गर्न अनुकूल समय छ। प्रेम र सामाजिक जीवनमा मिठास बढ्नेछ।

कन्या -आज अलिकति मानसिक तनाव वा चिन्ता देखिन सक्छ। पुराना विषयहरू मनमा आउन सक्छन्। एकान्तमा ध्यान लगाउनु लाभदायक हुनेछ। आलोचनाप्रति संयम आवश्यक छ।

तुला-मित्र र सहकर्मीहरूसँग मेलमिलाप राम्रो हुनेछ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। नयाँ योजना बन्ने सम्भावना छ। व्यवहारमा नम्रता आवश्यक छ।

वृश्चिक-कार्य क्षेत्रमा प्रतिष्ठा र सफलता मिल्नेछ। जिम्मेवारी बढ्नेछ। बोलीमा सावधानी अपनाउनु आवश्यक छ, अन्यथा सम्बन्ध बिग्रन सक्छ।

धनु -भाग्यप्रद दिन छ। धार्मिक वा अध्यात्मिक कार्यमा मन रम्नेछ। नयाँ ज्ञान हासिल गर्ने अवसर आउँछ। विदेशबाट शुभ समाचार पाउन सकिन्छ।

मकर -आज धैर्य र संयमको आवश्यकता छ। आर्थिक मामिलामा होशियारी अपनाउनु पर्छ। मन अलमलिने संकेत छ, निर्णय सोचविचार गरेर लिनुहोस्।

कुम्भ –सम्बन्ध र साझेदारीमा सकारात्मकता आउनेछ। प्रेम जीवनमा मिठास बढ्नेछ। व्यापार वा सामाजिक जीवनमा लाभ हुनेछ।

मीन -स्वास्थ्यमा ध्यान दिनुहोला। काममा स्थिरता र संयम आवश्यक छ। आलोचना प्रति संवेदनशील नहुनुहोस्। मेहनतको फल पाउन सकिन्छ

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस