२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल

आज २०८२ साल साउन ६ गते मंगलबार। साउन कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई २२ तारिख। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

माधवा शर्मा
ज्योतिषचार्य तथा वास्तुविद्
9848060799

मेष -आज कार्यमा उत्साह आउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। भावुकता नियन्त्रणमा राख्नु राम्रो। यात्रामा सावधानी अपनाउनुहोस्।

वृष:-घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। व्यापारमा लाभदायक दिन छ। मिठो बोलाइले मन जित्न सकिने दिन।

मिथुन:-विचार व्यक्त गर्दा होसियारी अपनाउनुहोस्। लेखन वा बोलीको माध्यमबाट प्रशंसा पाउने सम्भावना। यात्रामा विशेष लाभ मिल्न सक्छ।

कर्कट:-आज खर्च बढ्न सक्छ। बोल्दा संयम अपनाउनुहोस्। आत्मिक चिन्तन र गहिरो सम्बन्धमा ध्यान जानेछ।

सिंह:-कार्य सफल हुने योग छ। आफन्तसँग मतभेद हुन सक्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। स्वाभिमान उच्च रहला।

कन्या:-आज चन्द्रमा तपाईंको राशिमा भएकाले मानसिक चञ्चलता बढ्न सक्छ। छोटो दूरीको यात्रा वा मित्र भेटघाटको योग। बोल्दा मीठास राख्नु उपयुक्त।

तुला:-ध्यान र साधनातर्फ रुचि बढ्नेछ। गोप्य शत्रुबाट अलिक सजग रहनुपर्ला। पुराना मित्रसँग भेटघाट सम्भव छ।

वृश्चिक:-सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। योजना सफल हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ।

धनु:-पेसागत उत्तरदायित्व बढ्नेछ। परिश्रम अनुसार सफलता पाइनेछ। आमाबुबाको स्वास्थ्यमा चासो देखिन सक्छ।

मकर:-भाग्यले साथ दिने दिन। उच्च शिक्षा वा विदेश सम्बन्धी विषयमा प्रगति हुने संकेत। धार्मिक आस्थामा वृद्धि।

कुम्भ:-मनमा द्विविधा आउन सक्छ। ऋण, कर वा वाणीमा संयम आवश्यक। स्वास्थ्यमा सानो कमजोरी।

मीन:-साझेदारी वा वैवाहिक सम्बन्धमा सन्तुलन आवश्यक। कार्यक्षेत्रमा नाम र दाम बढ्ने दिन। आफ्ना विचार स्पष्ट राख्दा लाभ मिल्नेछ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस