२०८३ असार १० गते बुधवार

आज २०८२ साल असार २५ गते बुधबारको राशिफल

आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -धैर्यपूर्वक कर्म आरम्भ गर्न योग्य समय। निर्णयहरूमा दृढता आवश्यक छ। गुरु वक्रीताले आत्मविमर्शका द्वार खोल्दछ। वैदेशिक सम्बन्ध वा अध्ययनप्रति आकृष्ट हुन सकिने सम्भावना। पारिवारिक संवादमा वाणी संयम अपेक्षित।

वृष -धनसम्बन्धी चिन्तन र योजनामा सजगता आवश्यक। शनि वक्री प्रभावले दैनन्दिन जीवनशैलीमा पुनर्विचार गराउनु उपयुक्त रहन्छ। पारिवारिक उत्तरदायित्वमा सहनशीलता आवश्यक। धर्म वा लोकसेवातर्फ आकर्षण सम्भव।

मिथुन -रचनात्मक अभिव्यक्ति र मानसिक चञ्चलता एकसाथ अनुभव हुन सक्छ। सन्तान पक्ष वा प्रेम सम्बन्धमा भावनात्मक उतारचढाव सम्भावित छ। विचारपूर्वक निर्णय लिनु श्रेयस्कर।

कर्कट -गृहकल्याण र आत्मीय सम्बन्धमा परीक्षणको समय। सूर्यले भावुकता बढाउनेछ, चन्द्रले सन्तुलन खोज्नेछ। मातापितासँग सम्बन्धमा संवेदनशील बन्नु उचित। निजी निर्णयहरूमा तुरुन्त निष्कर्ष ननिकाल्न सल्लाहयोग्य।

सिंह -बुद्धिदीप्ति, संचारक्षमता र नेतृत्वकौशलको विकास हुने समय। बुधको प्रभावले सृजनात्मक लेखन, वाणी वा अभिव्यक्तिमा सफलता मिल्नेछ। तर तर्क र आलोचनाबीचको सन्तुलन राख्नु आवश्यक।

कन्या -धनार्जन र सञ्चयको विषयमा विचार पुर्वक कदम चाल्नुपर्ने दिन। पारिवारिक सुखमा वृद्धि सम्भव। वित्तीय निर्णयहरूमा प्रौढ सल्लाह उपयोगी हुनेछन्। वाणी संयमले प्रतिष्ठा बढ्न सक्छ।

तुला -चन्द्रमा स्वगृहे रहेकाले आत्मविश्वासमा वृद्धि, तर चञ्चलता पनि बढ्न सक्छ। व्यक्तिगत व्यवहार र सम्बन्धमा परिष्करणको समय हो। आज आरम्भ गरिएका कार्यहरू दीर्घकालसम्म फलदायी बन्न सक्छन्।

वृश्चिक -अन्तर्मुखी हुने प्रवृत्तिमा वृद्धि हुनेछ। ध्यान, साधना वा मौन अभ्यास उपयुक्त। केही भ्रम वा अनावश्यक भय उत्पन्न हुन सक्छ। आत्मसमीक्षा र मौनले मार्ग देखाउनेछ।

धनु -समाज, मित्रमण्डली वा समुहगत गतिविधिमा सक्रिय सहभागिता रहनेछ। गुरु वक्री भए तापनि लक्ष्यप्रति समर्पण बढ्नेछ। योजनामा पुनरावलोकन आवश्यक छ। सङ्घर्षबीच आशाजनक उपलब्धि सम्भव।

मकर -कर्मक्षेत्रमा उत्तरदायित्व वृद्धि हुनेछ। गुरु र शनि दुवै वक्री रहेकाले निर्णयमा गम्भीरता आवश्यक। पदोन्नति वा मान्यताको योग। परिश्रमअनुसार परिणाम मिल्नेछ, तर विलम्ब सम्भाव्य छ।

कुम्भ -दर्शन, अध्यात्म वा उच्चशिक्षातर्फ प्रवृत्ति बढ्नेछ। यात्राको सम्भावना छ। विचारको परिष्कार र अध्ययनमा मन आकर्षित हुनेछ। चञ्चलता घटाई गहिरो अभ्यासमा उन्मुख हुने दिन।

मीन -रहस्य, अनुसन्धान वा गूढज्ञानप्रतिको रुचि वृद्धि हुने समय। आर्थिक व्यवस्थापनमा सावधानी आवश्यक। अन्यका स्रोत वा सम्पत्तिमा निर्भर निर्णय नगर्नु उचित। आध्यात्मिक अभ्यासले मानसिक दृढता ल्याउनेछ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस