आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष -वाणी र सम्पर्कका माध्यमबाट प्रगति हुनेछ। अध्ययन–शिक्षण तथा लेखनमा उन्नति हुनेछ। यात्रा सफल बन्नेछ। आत्मीयजनसँग सम्बन्ध प्रगाढ बन्नेछ।
वृष-आर्थिक विषयमा सोच विचार गरेर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ। पारिवारिक दायित्व पूरा गर्न खटनुपर्ने समय हो। अनावश्यक खर्चबाट बच्न बुद्धिको प्रयोग गर्नु हितकर हुनेछ।
मिथुन-चन्द्रमा आफ्नै राशिमा रहेकाले मानसिक चञ्चलता बढ्न सक्छ। तर, वाणी र कार्यकुशलताले मन जित्ने समय हो। नयाँ काम सुरु गर्नु अघि गहिरो समीक्षा गर्नु बुद्धिमानी हुनेछ।
कर्कट-अन्तर्मुखी स्वभाव बढ्न सक्छ। विगतका अनुभवलाई आत्मसात् गर्दै निर्णय गर्नु उपयुक्त हुनेछ। सान्त्वना र समर्पणमा शक्ति छ। धार्मिक वा आध्यात्मिक क्रियामा रुचि बढ्न सक्छ।
सिंह-सामाजिक सम्बन्धहरू विस्तार हुनेछन्। समूहगत कार्यमा नेतृत्वको अवसर मिल्नेछ। परोपकार र सहकार्यमा सफलता पाइनेछ। केही मनोकामना पूर्ण हुने संकेत छन्।
कन्या-व्यावसायिक प्रतिष्ठा कायम राख्न प्रयत्नशील रहनु पर्नेछ। वरिष्ठसँग तालमेल आवश्यक हुनेछ। कर्तव्यमा निष्ठा राख्दा लाभ पाइनेछ। आत्मबलले कठिनाइ पार गर्न सकिने समय हो।
तुला-धार्मिक वा दर्शनिक चिन्तनतर्फ आकर्षण बढ्नेछ। शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्ने समय हो। गुरु वा अभिभावकको सल्लाहले मार्गदर्शन पाउने संकेत छ।
वृश्चिक-आर्थिक व्यवहार र ऋण सम्बन्धी विषयमा सजग रहनु आवश्यक छ। भावना र यथार्थको सन्तुलन मिलाउन सकेमा धेरै कुरा सहज बन्नेछ। वाणीमा संयम आवश्यक छ।
धनु-साझेदारी वा वैवाहिक जीवनमा समन्वय आवश्यक पर्न सक्छ। परस्पर विश्वास र संवाद कायम राख्नुपर्छ। अदालत वा कानुनी विषयमा सतर्क रहनु उपयुक्त हुनेछ।
मकर-दैनिक कामकाजमा व्यवस्थित ढंगले अघि बढ्न सकिनेछ। स्वास्थ्यप्रति सजग रहनु पर्ने दिन हो। काममा दक्षता देखाउँदा सहकर्मीबाट प्रशंसा मिल्ने सम्भावना छ।
. कुम्भ-प्रेम, सन्तान वा सिर्जनात्मक गतिविधिमा रुचि बढ्नेछ। कला, साहित्य वा मनोरञ्जनसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास बढ्ने समय हो।
मीन-पारिवारिक सद्भावमा बृद्धि हुनेछ। घरायसी विषयमा ध्यान दिनुपर्ने समय हो। भूमिसम्बन्धी वा सम्पत्तिको कार्यमा सफलता मिल्न सक्छ।


