तुलसीपुर,२८ जेठ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले तेस्रो चौमासिक अवधिमा सञ्चालन हुने विविध सामाजिक कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
क्लबका अध्यक्ष एकराज भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं एसिया डिस्ट्रीक्ट अफ इन्टरनेशनल नेपालका लेफ्टिनेन्ट गभर्नर मानबहादुर बस्नेतको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
क्लबका प्रवक्ता दिपक बोहराका अनुसार आठ वटा कार्यक्रम हुने भएका छन् ।
१. असार पहिलो हप्ता — बृहत् स्वास्थ्य शिविर (संयोजकः मेघराज पोख्रेल)
२. असार दोस्रो हप्ता — सिसीडिएचएच अन्तर्गत श्रवणशक्ति कमजोर र बोल्न नसक्ने विद्यार्थीहरूका लागि वकृत्वकला प्रतियोगिता (संयोजकः स्मृति योगी)
३. असार अन्तिम हप्ता — सिकलसेल एनिमिया र डेंगु सम्बन्धी सचेतनामूलक कार्यक्रम (संयोजकः ओम न्यौपाने)
४. श्रावण दोस्रो हप्ता — रचनात्मक पत्रकारिता सम्बन्धी कार्यपत्र प्रस्तुति (संयोजकः दिपक बोहरा)
५. श्रावण अन्तिम हप्ता — विद्यार्थी मनोसामाजिक परामर्श तथा उत्प्रेरणा कार्यक्रम (संयोजकः मेघराज घिमिरे)
६. भाद्र महिनाभरि — निबन्ध, वकृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता (संयोजकः उषा गौतम)
७. असोज पहिलो हप्ता — सार्वजनिक विद्यालयको शिक्षामा प्रधानाध्यापकको भूमिका सम्बन्धी अन्तरक्रिया (संयोजकः निर्मला डाँगी)
८. असोज अन्तिम हप्ता — दाङ जिल्लामा सक्रिय सामाजिक संघसंस्थाबीच फेलोसिप कार्यक्रम तथा बनभोज (संयोजकः विष्णु कमल न्यौपाने)
कार्यक्रममा विशेष अतिथि बस्नेतले सार्वजनिक गरिएका सबै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भई क्लबले सामाजिक उत्तरदायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, क्लबका निवर्तमान अध्यक्ष तथा एसिया डिस्ट्रीक्ट अफ इन्टरनेशनल नेपालका डाइरेक्टर कमल सापकोटाले क्लबले विगत केही वर्षदेखि निरन्तर सामाजिक कार्य गर्दै आएको र आगामी दिनहरूमा अझ मजबूतीका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव मेघराज पोख्रेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष मेघराज घिमिरेले राख्नुभएको हो ।


