२०८३ भाद्र १५ गते सोमवार

तुलसीपुरबाट एक वृद्ध वेपत्ता, खोजिका लागि परिवारको अपिल

दाङ, ९ फागुन । रुकुम पश्चिमका एक वृद्ध तुलसीपुरबाट वेपत्ता भएका छन् । रुकुम पश्चिमको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङका ८५ वर्षीय लालभत्ती घर्ती बिहिबार तुलसीपुरबाट हात्तिखौवा जान भनि निस्किएपछि बेपत्ता भएको परिवारले जनाएको छ ।

वेपत्ता घर्ती तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ समाधान टोलमा बस्दै आउनुभएको छ । परिवारका अनुसार उहाँ खैरो रंगको कपडा लगाएर घरबाट निस्किएको तर त्यसपछि परिवारसंग सम्पर्कमा रहनुभएको छैन् ।

छोरा तुलाराम घर्तीले आफ्ना बाबुको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । यदि कसैले देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने परिवारलाई ९८६७६६५०३३ मा सम्पर्क गरिदिन उहाँले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस