दाङ, २९ माघ । तुलसीपुर–९ दोघरेमा रहेको माध्यमिक विद्यालय दोघरेले मंगलबार स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी ५० औँ वार्षिकोत्सव अर्थात स्वर्ण जयन्ती मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मूख्य मन्त्री डिल्ली चौधरीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीको विशिष्ठ आतिथ्यमा स्वर्ण जयन्ती कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तुलसीपुर–९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर ८ का अध्यक्ष धर्मराज वली, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिप्रसाद न्यौपाने, बबई गाउँपालिका शिक्षक महासंघ अध्यक्ष मान बहादुर बस्नेत लगायतले विद्यालयले ५० वर्षमा धेरै सक्षम जनशक्ति उत्पादन गरेको भन्दै विद्यालयको योगदानको प्रशंसा गर्नुभएको हो ।
विद्यालयका प्रधानाध्यापक सुनिता यादवले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले प्रविधिको सदुपयोग गरी स्मार्ट कक्षा संचालन गर्ने, विद्यालय कोषको स्थापना गरी विपन्न बालबालिकाले सहजै पढ्ने वातावरण बनाउने बताउनुभयो ।
विद्यालयमा ५६० विद्यार्थीले अध्ययन गरिरहेका छन् । कार्यक्रमको सहजीकरण मेघराज पोखरेलले गर्नुभएको हो । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा स्मारिका बिमोचन गरेको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयलले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।


